अमर खड्का /इटहरी । सुनसरीको इटहरीमा अवस्थित २०१३ सालमा स्थापना भएको जनता माध्यमिक विद्यालयले शुक्रबार एक विशेष कार्यक्रमका बीच कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरेको छ।
शिक्षा, साहित्य, कला, राजनीति, निजामती सेवा, सेना, खेलकुद लगायतका विविध क्षेत्रमा सफल व्यक्तित्व उत्पादन गर्दै आएको यस विद्यालयले व्यवस्थापन, शिक्षा, विज्ञान तथा कानुन समूहमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देल रहेका थिए। विशेष अतिथिका रूपमा विद्यालयका पूर्व विद्यार्थी—इटहरी अस्पतालका चिकित्सक डा. गुञ्जन त्रिताल, इन्जिनियर माधव सुवेदी, गायक प्रकाश ओझा र चाटर्ड एकाउन्टेन्ट गुल्सनराज शर्मा सहभागी थिए।
कार्यक्रम कक्षा ११ र १२ तर्फका संयोजक शिवराज दहालको अध्यक्षतामा सम्पन्न भएको थियो।
विद्यालयले भावी पुस्तालाई जिम्मेवार, सक्षम र अनुशासित बनाउँदै नेतृत्वदायी भूमिकामा उभ्याउने उद्देश्यका साथ शिक्षण–शिक्षण प्रक्रिया अगाडि बढाउँदै आएको जनाएको छ।














Discussion about this post