विराटनगर । नेपाल तरुण दल विराटनगर महानगरको आयोजनामा शनिबार विराटनगरको हिमालय रोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बढ्दो रगत अभावको बेला छोटो तयारीमा गरिएको भए पनि कार्यक्रममा उत्साहजनक उपस्थिति देखिएको थियो। जम्मा ७८ पिन्ट रगत संकलन भएको आयोजकले जानकारी दिएका छन्।:
प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य अमृत अर्यालले युवा पुस्ताको सक्रियता र योगदानको खुलेर प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो। “युवाहरूको सक्रियता आशालाग्दो छ। समाजका हरेक क्षेत्रमा उनीहरूको उपस्थितिलाई अझ सशक्त बनाउँदै लैजानु आवश्यक छ,” अर्यालले भने। 










Discussion about this post