स्वस्तिका चाैधरी/सुनसरी – श्रावण महिनाको पूर्णिमामा मनाइने पवित्र रक्षाबन्धन पर्व नजिकिँदै गर्दा सुनसरीका स्थानीय बजारमा राखी किनमेल गर्ने दिदीबहिनी र दाजुभाइको भीड दिनप्रतिदिन बढ्दै गएको छ।
रक्षाबन्धन, जसलाई राखी पर्व पनि भनिन्छ, हिन्दू धर्ममा दाजुभाइ र दिदीबहिनीबीचको पवित्र स्नेह र सुरक्षाको प्रतीकका रूपमा मनाइन्छ। यो दिन दिदीबहिनीहरूले आफ्नो दाजुभाइको हातमा राखी (पवित्र धागो) बाँधेर दीर्घायु, सुख–समृद्धि र सुरक्षाको कामना गर्छन्, भने दाजुभाइहरूले दिदीबहिनीलाई जीवनभर सुरक्षा र स्नेह दिने वचन दिन्छन्।
धरान, इटहरी, इनरुवा, दुहबी, भोक्राहा नरसिंह, लाैकही, हरिनगर र देवानगञ्ज लगायतका बजारहरूमा विभिन्न रङ, डिजाइन र सामग्रीका आकर्षक राखीहरू सजाएर बिक्रीमा राखिएका छन्। सुनको धागो, मोती जडित राखी, धार्मिक मन्त्र अंकित राखीदेखि लिएर बालबालिकाका लागि कार्टून पात्र राखीसमेत बजारमा उपलब्ध छन्।
व्यापारीहरूका अनुसार राखी पर्वको समयमा बिक्री अन्य दिनको भन्दा धेरै गुणा बढ्ने भएकाले अहिले नै बजारमा चहलपहल बढेको हो। राखीको मूल्य डिजाइन र सामग्रीअनुसार २० रुपैयाँदेखि हजारौं रुपैयाँसम्म पर्छ।
स्थानीय श्रद्धालुहरूमध्ये कटहरीकी सुनिता कुमारीले भनिन्, “यो पर्वमा राखी मात्र किन्ने होइन, हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउने संकल्प लिने दिन हो।”
धार्मिक मान्यताअनुसार, राखी बाँध्दा भाइको आयु बढ्छ र दिदीबहिनीको जीवनमा पनि सुख, शान्ति र समृद्धि कायम हुन्छ। त्यसैले यो पर्व केवल व्यापारिक लेनदेन होइन, आत्मीयता, आशीर्वाद र रक्षा–संस्कारको उत्सव हो।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post