सुनसरी – ३१औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल झाँगड उराँव कोडेम सुधार केन्द्रिय समितिको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समितिका अध्यक्ष मोती उराँवको अध्यक्षता रह्यो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल रहेका थिए। विशेष अतिथिमा नेपाली कांग्रेस सुनसरीका जिल्ला सभापति केदार भण्डारी, संविधान सभा सदस्य तथा नेपाल उराँव संघका केन्द्रिय सभापति माननीय सूर्य देव दास उराँव, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव, तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति सुनसरीका राम राईलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले आदिवासी जनजातिहरूको अधिकार संरक्षण, भाषा-संस्कृति जगेर्ना र पहिचान सुदृढीकरणमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। साथै, ऐतिहासिक पृष्ठभूमि, सामाजिक योगदान र समावेशी विकासमा आदिवासी समुदायको सक्रिय सहभागितालाई पनि स्मरण गरिएको थियो।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post