सुनसरी – भोकाहा नरसिंह वडा नम्बर ३ फुलचाैकमा भएको दुःखद सडक दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन्।
सुनसरी प्रहरीका अनुसार मृत्यु हुनेमध्ये ३ पुरुष र १ महिला रहेका छन्।
ग्लोबल कार्डियो न्युरो अस्पताल भोकाहामा ३ पुरुषको शव राखिएको छ। मृतकहरूमा कोशी गाउँपालिका–६ का लक्ष्मण सदा र महादेवा गाउँपालिका (सप्तरी) का शंकर मण्डलको परिचय खुलेको छ भने थप एक पुरुषको पहिचान खुल्न बाँकी छ।
मृत्यु भएकी १ महिलाको शव इनरुवा अस्पतालमा राखिएको छ।
ग्लोबल कार्डियोमा हाल १२ जनाको उपचार भइरहेको छ, जसमध्ये ३ जना ICU मा र बाँकी ९ जना वार्डमा छन्। अस्पतालका अनुसार, समयमै उपचारमा पुर्याइएका केही गम्भीर घाइतेहरूको ज्यान जोगिएको छ।
इनरुवा अस्पतालले उपचारका लागि ल्याइएका मध्ये ३ जनालाई गोल्डेन अस्पतालमा रेफर गरेको जनाएको छ।
सुनसरी प्रहरीका अनुसार घटनामा घाइते भएकामध्ये ३ जनालाई डिस्चार्ज गरिएको छ।










Discussion about this post