सुनसरी — सुनसरीको दुहबी नगरपालिका–४ मा दुई जनाको शव फेला परेको छ।
दुहबी–४, शिव मन्दिर चौकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको सेप्टी ट्यांकीमा स्थानीय ५० वर्षीय ठेकेदार श्यामबहादुर तामाङ र ३२ वर्षीय कामदार रमेश राई मृतावस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार मृत दुवैजना सो घरमा निर्माण कार्य गर्दै आएका थिए। शुक्रबार दिउँसो उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहबीको टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। थप अनुसन्धानका लागि धरानबाट फोरेन्सिक चिकित्सकको टोली पनि बोलाइएको प्रहरीले जनाएको छ।










Discussion about this post