विराटनगर – कोशी प्रदेशमा यो वर्ष अहिलेसम्म ९४.४२ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ। प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार साउन २५ गतेसम्म कुल दुई लाख ७६ हजार ३८६ हेक्टर खेतमध्ये दुई लाख ६० हजार ९६४ हेक्टरमा रोपाईं सकिएको हो।
गत वर्ष यही अवधिमा ९८.१७ प्रतिशत रोपाईं भए पनि यस वर्ष वर्षा ढिला भएको कारण रोपाईंको प्रगति केही कम भएको निर्देशनालयले जनाएको छ।
तराईका झापा, मोरङ र सुनसरी गरी तीन जिल्लामा ९६.६५ प्रतिशत रोपाईं सम्पन्न भएको छ। पहाडी जिल्लामा ९१.३८ प्रतिशत र हिमाली जिल्लामा ७९.७३ प्रतिशत रोपाईं भएको छ।
प्रदेशका १४ जिल्लामध्ये ओखलढुंगामा मात्र सतप्रतिशत रोपाईं भएको छ। सबैभन्दा कम ताप्लेजुङमा ७५.७६ प्रतिशत रोपाईं भएको छ भने संखुवासभा (८०%), धनकुटा (८०.७१%), तेह्रथुम (८३%), भोजपुर (८७%), पाँचथर (८९%) मा रोपाईं भएको छ।
त्यस्तै इलाममा ९३ प्रतिशत, उदयपुरमा ९५.२५ प्रतिशत, मोरङमा ९६ प्रतिशत, सोलुखुम्बुमा ९६.२२ प्रतिशत, झापामा ९६.४० प्रतिशत, सुनसरीमा ९८ प्रतिशत र खोटाङमा ९८.६३ प्रतिशत रोपाईं सम्पन्न भएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post