• pradeshpoint
  • Pradeshpoint
Saturday, April 25, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

३० वर्षे सेवा अवधि पुरा गर्दै प्रहरी महानिरीक्षक दीपक थापा भदौ १८ मा अवकाश

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ भदौ २ गते, १४:१२ बजे प्रकाशित
in FEATURE, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
३० वर्षे सेवा अवधि पुरा गर्दै प्रहरी महानिरीक्षक दीपक थापा भदौ १८ मा अवकाश
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा यसै महिना अवकाशमा जाँदै छन् । थापा ३० वर्षे सेवाअवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लागेका हुन् । उनी २०८१ चैत ४ मा ३१ औँ प्रमुख नियुक्त भएका थिए ।

प्रहरी विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा छ । ऐन पास भएको भए थापाको कार्यकाल कम्तीमा थप ६ महिना थप हुने थियो । नयाँ प्रहरी ऐनमा ३० वर्षे सेवा अवधि क्रमशः हटाउने प्रस्ताव छ ।

तर, छलफल चल्दाचल्दै निजामती विधेयकमा देखिएको कुलिङ पिरियड ‘विवाद’का कारण राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिए । नयाँ सभापति चयन नहुँदा प्रहरी विधेयकमाथिको दफावार छलफल रोकिएको छ ।

आईजीपी थापा २०५२ भदौ १९ मा भर्ना प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । करिब ६ महिना आईजीपी भएर उनी अवकाशमा जान लागेका हुन् ।

उनको अवकाशको समय नजिकिँदा नयाँ आईजीपीबारे चर्चा सुरु भएको छ । आईजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागी फारम भरेका चन्द्रकुवेर खापुङ ३२ औँ प्रहरी महानिरीक्षकको दाबेदार छन् । अहिलेसम्म खापुङ एकल दाबेदार देखिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका थिए ।

आईजीपी थापासँगै भर्ना भए पनि सो ब्याचका इन्स्पेक्टरहरूलाई तीन चरणमा नियुक्ति दिइएको थियो । पहिलो लटमा २०५१ चैत ५ मा नियुक्ति लिएका ५३ जना मध्येका वसन्त कुँवर आईजीपी भएर अवकाशमा गइसकेका छन् । कुँवर २०८१ चैत ५ मा अवकाशमा गएका थिए ।

दोस्रो लटमा नियुक्ति लिएका दीपक थापा कुँवर पछि आईजीपी भएका हुन् । थापासँगै नियुक्ति लिएका एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि भदौ १८ मा अवकाशमा जाँदै छन् ।

तेस्रो लटमा खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेलले नियुक्ति लिएका थिए । एआईजी आचार्य २०८१ जेठ १० मा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । प्रशासन विभागमा कार्यरत एआईजी कृष्णहरि शर्मा पोखरेल एआईजीको ५६ वर्षे उमेरहदका कारण भदौ १५ मा अवकाशमा जाँदै छन् । पोखरेलको अवकाश निश्चित भएसँगै सो लटबाट खापुङ आईजीपीको एकल प्रतिस्पर्धीको रूपमा देखिएका छन् ।

३२ औँ प्रहरी महानिरीक्षकको एकल दाबेदार खापुङ हालसम्म विवादमा परेका छैनन् । प्रहरी उपरीक्षक (एसपी) हुँदा हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका खापुङले एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरे । डीआईजीमा उनले कोशी प्रदेशको कमाण्ड गरेका थिए ।

खापुङ यसै वर्ष वैशाख १६ मा एआईजीमा बढुवा भएका थिए । ६ जना एआईजीमा बढुवा हुँदा उनी मेरिट लिस्टको पहिलो नम्बरमा थिए । उनीसँगै बढुवा भएका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी पछिल्लो ब्याचका हुन् ।

Tags: ३० वर्षेअवकाशअवधिथापादीपकपुरा गर्दैप्रहरीभदौ १८ मामहानिरीक्षकसेवा

Related Posts

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
FEATURE

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्‍याएको...

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
FEATURE

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो

२०८३ बैशाख ११ गते, १७:३३ बजे प्रकाशित
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल

२०८३ बैशाख ११ गते, १४:५६ बजे प्रकाशित
गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

गहुँ खेतीमा समस्या बढ्यो: सुनसरीमा उत्पादन घट्ने अनुमान

२०८३ बैशाख ७ गते, ७:५८ बजे प्रकाशित
‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

‘ट्रेन्ड’ बन्दै सम्बन्धविच्छेद: युवा मात्र होइन वृद्ध दम्पती पनि अदालतमा

२०८३ बैशाख ७ गते, ७:४७ बजे प्रकाशित
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    792 shares
    Share 317 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    726 shares
    Share 290 Tweet 182
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist