• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

गरिब तथा विपन्न दम्पतीका लागि कोशी अस्पतालको आययूआई सेवा वरदान

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ भदौ ९ गते, ११:४९ बजे प्रकाशित
in FEATURE, पालिका खबर, शिक्षा समाचार, स्थानीय खबर
गरिब तथा विपन्न दम्पतीका लागि कोशी अस्पतालको आययूआई सेवा वरदान
10
SHARES
Share on FacebookShare on Twitter

मोरङ । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयूआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्‍याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पतालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक सङ्घीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो ।

उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आयभएका दम्पतीले राहत महसुस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झा बताइन् । “निजी क्लिनिकमा गएर निःसन्तानपनको उपचार गर्न नसक्ने गरिब तथा विपन्न वर्गका दम्पतीलाई सरकारी अस्पतालमा सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमा सेवा सुरु गरेका थियौँ”, उनले भनिन्,“अझै पनि धेरैलाई निःसन्तान क्लिनिकले प्रदान गर्ने सेवाको बारेमा जानकारी पर्याप्त मात्रामा पुग्न सकेको छैन, त्यसैले सोचेजस्तो सेवाग्राही आएका छैनन्” ।

अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा अञ्जुदेव र स्त्रीरोग विशेषज्ञ डा मधुमिता राणाले उक्त क्लिनिक सञ्चालन हुँदै आएको क्लिनिकमा सेवा प्रदान गरिरहेका छन् । परामर्श, प्रारम्भिक परीक्षणदेखि लिएर आवश्यक भएमा आययूआईसम्मको सेवा विभागमार्फत दिइने गरिएको छ ।

निजी अस्पतालको खर्च धान्न नसक्ने धेरै दम्पती यहाँ सुलभ शुल्कमा परीक्षण, परामर्श र उपचार सरकारी अस्पतालमै सञ्चालन भएपछि धेरैलाई आशा पलाएको प्रमुख डा अञ्जुदेव बताउँछिन् । “हामीले सङ्घीय राजधानीको प्रसूति गृह अस्पताल सरहको शुल्कमै सेवा प्रदान गरिरहेका छौँ”, उनी भन्छिन्, “हामीले आइयूआई सेवाको शुल्क करिब रु ६ हजार तोकेको छौँ जुन निजी क्लिनिकमा दोब्बर वा सो भन्दा बढीपर्छ । शुल्क सस्तो भएपछि मध्यम आयवर्गका दम्पतीलाई यसले ठुलो राहत दिएको छ । ”

बीमाबाट सेवा लिन सकिने

अस्पतालले सुरु गरेको निःसन्तान उपचार सेवा स्वास्थ्य बीमितका लागि राहतदायी बन्ने भएको छ । अस्पतालका अनुसार बीमामा आबद्ध सेवाग्राहीले बीमा कार्ड प्रयोग गरी आवश्यक जाँच र उपचार सेवामध्ये अधिकांश सुविधा कम खर्चमा लिन सक्नेछन् । प्रमुख डा अञ्जुदेवका अनुसार निःसन्तानको समस्यामा परेका दम्पतीका लागि यो सेवा ठुलो राहतका रूपमा आउनेछ । “कुनै–कुनै अपवादबाहेक अधिकांश जाँच स्वास्थ्य बीमा योजनामार्फत नै गराउन सकिन्छ,” उनले भनिन् “हाम्रो चाहना सकेसम्म बिरामीलाई न्यून खर्चमा सेवा दिन सकियोस् भन्ने हो ”।

उपचारको बारेमा आम जनतालाई अझ जानकारी दिनुपर्ने आवश्यकता औंँल्याउँदै, बीमाको पहुँच बढे उपचार सेवामा सहजता आउने विश्वास रहेकोसमेत बताइन् । यसबाट विशेषगरी आर्थिक कारणले उपचारबाट वञ्चित हुँदै आएका परिवारलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

निःसन्तानपनको उपचारमा आईयूआई प्रारम्भिक चरणमा प्रयोग हुने प्रविधि मानिन्छ । उनी भन्छिन्, “पुरुषमा शुक्राणुको मात्रा वा गुणस्तर कम हुँदा, महिलामा अण्डा उत्पादनमा समस्या हुने, महिनावारी अनियमित हुने वा शुक्राणु पाठेघरमा नपुग्ने समस्या आयो भने आययूआई प्रविधिबाट सन्तान सुख दिलाउन सकिन्छ ।”

उनका अनुसार हाल अस्पतालमा आईयूआई सेवा सुरु गरिएको छ, भने सफलतापूर्वक सञ्चालन भएपछि आवश्यकता अनुसार इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा पनि सुरु गर्ने योजना छ । आईयूआईबाट पनि उपचार सम्भव नभएमा भने दम्पतीलाई सरकारले सञ्चालन गरेको अन्य अस्पतालमा रेफर गरिने उनको भनाइ छ ।

नेपालमा निःसन्तानपन स्वास्थ्य समस्याका रूपमा देखा पर्न थालेको चिकित्सकहरूले बताएका छन् । महिलामा प्रजनन अङ्गसँग सम्बन्धित रोग, मासिक धर्मको अनियमितता, हर्मोनल असन्तुलन, अण्डा उत्पादनमा कमी वा अण्डाशयसम्बन्धी समस्या प्रमुख कारण मानिन्छ । त्यस्तै, पुरुषमा शुक्राणुको उत्पादन, गति वा गुणस्तरमा कमी हुँदा पनि सन्तान सुख टाढा हुने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका तथ्याङ्कअनुसार, निःसन्तानपनले विश्वभर करिब १५ प्रतिशत दम्पतीलाई असर गर्छ । नेपालमा पनि करिब १० देखि १५ प्रतिशत दम्पती यस समस्याबाट प्रभावित हुने गरेको अनुमान छ । कोशी अस्पतालले सञ्चालन गरेको यो क्लिनिक उपचार मात्रै होइन, प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउने र मानसिक–भावनात्मक सहयोग पुर्‍याउने उद्देश्यसहित अघि बढाइएको छ । निःसन्तानपन केवल स्वास्थ्य समस्या मात्र नभई सामाजिक दबाब र मानसिक तनावसँग पनि जोडिएको हुन्छ । यस्ता अवस्थामा परामर्श, जानकारी र उपचार एकैसाथ उपलब्ध हुँदा दम्पतीले ठुलो राहत पाउने अस्पतालले जनाएको छ ।

Tags: अस्पतालकोआययूआईकोशीगरिबतथादम्पतीकालागिवरदानविपन्नसेवा

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist