सुनसरी ।
सुनसरीको इटहरी उपमहानगरपालिका–७, बालग्रामस्थित एक घरभित्र ‘ब्राउन सुगर’ जस्तो देखिने लागू औषधसहित दुई जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी बालग्रामको संयुक्त टोलीले शुक्रबार साँझ करिब ७:४० बजे भोजराज कार्कीको घरमा छापा मारेको थियो। सो घरमा भाडामा बस्दै आएका सुनसरी, रामधुनी–६ का २८ वर्षीय विप्लब चौधरी र इलाम, फाक्फोक्थुम–६ की २७ वर्षीया सुस्मा राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
तिनको कोठामा लुकाएर राखिएको ३४.५६ ग्राम (चौँतिस ग्राम पाँच सय साठी मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद ७६ हजार १ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
लागू औषधको कारोबार भइरहेको गुप्त सूचनापछि प्रहरीले गरेको आकस्मिक छापामारीले स्थानीय क्षेत्रमा आतंक फैलाएको छ। घर–घरमा ‘ड्रग माफिया’ को आशंका बढ्दै गएको भन्दै स्थानीय त्रासमा छन्।
बरामद लागू औषध र नगदसहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय इटहरी ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










Discussion about this post