सुनसरी — हरितालिका तीज तथा चौथ/चौठी पर्व २०८२ का अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाले सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई शुभकामना दिएको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले जारी गरेको शुभकामना सन्देशमा नेपाली महिलाको महान पर्व तीज तथा चौथ/चौठी पर्वले सामाजिक सद्भाव, सहकार्य र एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ।
सन्देशमा भनिएको छ, “समाजमा विद्यमान लैंगिक भेदभाव, जातीय विभेदलगायत अन्य सबै प्रकारका असमानताविरुद्ध सचेत समाज निर्माण गर्न यो पर्वले अवसर उपलब्ध गराउने विश्वास लिएका छौं।”
अध्यक्ष आजादले यो पर्वलाई परम्परागत सांस्कृतिक मूल्य र सामाजिक सद्भाव कायम राख्ने माध्यमका रूपमा लिनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, तीजले परिवार, समाज र देशमा खुशी, एकता र मनोबल बढाउन ठूलो योगदान दिने विश्वास व्यक्त गरेका छन्।
उनले देश विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूलाई हार्दिक शुभकामना दिँदै यो पर्वले नेपाली महिलाको अधिकार सुदृढ गर्ने र समाजमा समान पहुँच विस्तार गर्न थप प्रेरणा दिने अपेक्षा व्यक्त गरेका छन्।










Discussion about this post