अर्जुन चाैधरी/इनरुवा ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका कार्यालयमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार भव्य स्वागत गरिएको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले देउवालाई फूलमाला र मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक स्वागत गरे। कार्यालयका कर्मचारीहरूले समेत फूलको गुच्छा र बुके अर्पण गर्दै स्वागतमा सहभागिता जनाएका थिए।
अध्यक्ष आजादले स्वागत कार्यक्रममा भने, “हाम्रो पालिका बहुजातीय, बहुसांस्कृतिक र समावेशी गाउँपालिका हो। यहाँका सबै समुदायको उत्थानका लागि तीनै तहका सरकारसँग सहकार्य गरेर अघि बढ्ने हाम्रो अठोट छ। आज देउवा जस्तो अनुभवी नेतृत्वलाई पालिकामा स्वागत गर्न पाउँदा हामी गौरवान्वित भएका छौं।”
स्वागत कार्यक्रममा स्थानीय नेताहरू, कर्मचारी, सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा देउवाले पालिकाको विकास र अल्पसंख्यक समुदायको उत्थानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ‘यौन शोषण’ उजुरी बढ्दै, सामान्य प्रशासन मन्त्रालयमा हलचल
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूमाथि यौन शोषण तथा यौन दुर्व्यवहारसम्बन्धी...












Discussion about this post