सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। सोमबार दिउँसो ३ः३० बजेदेखि लागू भएको उक्त निषेधाज्ञा अर्को सूचना जारी नहुन्जेलसम्म कायम रहने प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम आदेश जारी गर्दै तोकिएको क्षेत्रमा कुनै पनि किसिमको सभा, जुलुस, प्रदर्शन, बैठक वा भीडभाड नगर्न आग्रह गरेका छन्।
प्रशासनले शान्ति, सुरक्षा र जनताको सुरक्षालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको जनाएको छ।










Discussion about this post