काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्। कार्कीले आजै बेलुकी ९ बजे शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ।
सहमति अनुसार आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुनेछ। प्रतिनिधि सभा विघटनसँगै शपथग्रहणको कार्यक्रम तय भएको हो भने पहिलो मन्त्रिपरिषद् बैठक पनि आजै राति शीतल निवासमै बस्नेछ।
यसअघि सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा प्रमुख राजनीतिक दलहरूले राष्ट्रपतिलाई यही संविधानबाटै राजनीतिक निकास खोज्न सुझाव दिएका थिए। दलहरूले संसद्बाट अघि बढ्नुपर्ने र संसद विघटन नगर्नुपर्ने धारणा राखेका थिए। तर जेन–जी पक्षबाट प्रस्तावित प्रधानमन्त्री उम्मेदवार सुशीला कार्कीले वर्तमान संसद् कायम राखेर सरकारको नेतृत्व नगर्ने अडान लिएपछि राष्ट्रपति पौडेल संसद् विघटन गरी अन्तरिम सरकार गठनतर्फ अघि बढेका हुन्।
काठमाडौं महानगरका मेयर बालेन शाहले पनि सहमतिका लागि न्यूनतम आधार संसद् विघटन नै हुनुपर्ने अडान राख्दै आएका थिए।












Discussion about this post