काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयबाट लुटिएका सामग्री फिर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। आयोगले विज्ञप्ति निकाल्दै इटहरी, हेटौंडा, पोखरा, बुटवल लगायतका विभिन्न कार्यालयमा तोडफोड र आगजनीपछि हराएका उपकरण तुरुन्त बुझाउन आग्रह गरेको हो।
आयोगका अनुसार चारपाङ्ग्रे–दुईपाङ्ग्रे सवारी साधनदेखि टीभी, कम्प्युटर, ल्यापटप, मोबाइल, क्यामेरा, स्क्यानर, माइक्रो ओभन, हिटर र पङ्खासम्मका सामान चोरी भएका छन्।
फेला परेका सामग्री काठमाडौंमा प्रहरी वृत्त मालिगाउँमा, अन्य स्थानमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा बुझाउन सूचित गरिएको छ। चोरीमा संलग्नलाई सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको आयोगले जनाएको छ।










Discussion about this post