विराटनगर ।भदौ २३ गते विराटनगरको वातावरण तनावपूर्ण थियो। सरकारी संरचनामा आगजनी, तोडफोड र लुटपाटले शहरभर त्रास फैलिएको थियो। तर यसै दिन विराटनगर–७ स्थित विरेन्द्र सभागृह, जसलाई हालै २० करोड रुपैयाँ खर्चेर प्रवलीकरण गरिएको थियो, जेनजी आन्दोलनको भीडबाट जल्ने खतरा टरेको छ। यो सम्भव भयो तीन युवाको साहसिक कदमका कारण।
सभागृह नजिकैका पसल सञ्चालकले संरचना जोगाउन गुहार गरेपछि उनीहरूले आँट गरेर भीडलाई रोक्ने प्रयास गरे। “यो हाम्रै सम्पत्ति हो, हामीलाई नै चाहिन्छ, नष्ट नगरौं,” भन्दै उनीहरूले आवेगमा आएका प्रदर्शनकारीलाई सम्झाए।
अनमोल र उनका साथीहरूको निरन्तर आग्रहपछि भीडको आक्रोश कम भयो। अन्ततः सभागृहको मुख्य गेट तोडफोड भए पनि भवन जल्नबाट जोगियो।
विरेन्द्र सभागृह २०३० सालमा निर्माण भएको हो। जीर्ण बनेपछि हालै २० करोड रुपैयाँ खर्चेर प्रवलीकरण गरिएको यो भवन पूर्वाञ्चलकै सांस्कृतिक र राजनीतिक गतिविधिको प्रमुख केन्द्र मानिन्छ। आन्दोलनकै क्रममा ध्वस्त हुने निश्चित देखिएको संरचना युवाहरूको साहसिक कदमले जोगिएको छ।










Discussion about this post