सुनसरी — ‘जेन–जी आन्दोलन’का नाममा अराजक समूहले लगाएको आगलागीपछि खरानी बनेको भाेक्राहा नरसिंह गाउँपालिका कार्यालय सोमबारदेखि सरसफाइ सुरु भएको छ। पालिका अध्यक्ष अजमल अख्तर आजादको नेतृत्वमा बिहानैदेखि कर्मचारीहरू मैदानमा ओर्लिए।
भित्ताभरि कालो धुवाँका दाग, जलेका अभिलेख र धुलाम्य कोठाबीच कर्मचारीहरूले घर वा मन्दिर सफा गरेझैँ घरबाटै झाडू, मास्क र पञ्जा लिएर सफाइमा जुटे। कसैले झाडू समाते, कसैले खरानी भएका कागज बोरामा भरे, कसैले जलेका फर्निचर बाहिर निकाले। बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म निरन्तर चलेको अभियानपछि कार्यालयलाई पुनः प्रयोगयोग्य बनाउन प्रारम्भिक काम पूरा गरिएको छ।
शाखा–शाखाको सक्रियता
पालिकाका सबै शाखाले सरसफाइमा समान सहभागिता जनाए। सरसफाइमा क्रमश: राजश्व तथा आलेप शाखा, प्रशासन, लेखा, शिक्षा, स्वास्थ्य, कृषि, पशु, प्राविधिक, सूचना प्रविधि, सहकारी तथा भुमि, उद्यम विकासदेखि सामाजिक सुरक्षा तथा पञ्जिकरण, महिला तथा बालबालिका,अमिन शाखा, रोजगार तथा सामी र योजना शाखासम्मका कर्मचारीहरूले सामूहिक प्रयास गरेका थिए।
यस्तो कठिन परिस्थितिमा पनि कर्मचारीहरूको अनुहारमा जनताप्रतिको सेवाभाव झल्किएको थियो।
अध्यक्ष आजादको भनाइ
सरसफाइमा संलग्न हुँदै पालिका अध्यक्ष अजमल अख्तर आजाद निकै भावुक देखिन्थे। उनले भने, “आगलागीले हाम्रो सम्पत्ति, अभिलेख र संरचना खरानी बनायो, यो हाम्रो लागि अत्यन्तै दुखद घडी हो। तर, यति ठूलो क्षतिबाट पनि हामी पछि हट्दैनौं। अराजकताले भवन जलाएको छ, तर जनताप्रतिको सेवाभाव जलाउन सक्दैन। पालिका फेरि आफ्नै खुट्टामा उभिन्छ।”
उनको भनाइले पालिका पुनर्निर्माण र सेवा निरन्तरताप्रति दृढ संकल्प झल्काएको छ।
अस्थायी स्थानबाट सेवा
प्रमुख प्रशासकीय अधिकृत विनाेद कुमार अधिकारीका अनुसार भोलि बुधबार गृह मन्त्रालयले शोक बिदा दिएकोले बिहीबारदेखि नियमित सेवा सुरु गरिनेछ। हाल कार्यालय भवन पूर्ण रूपमा प्रयोगयोग्य नभएकाले अस्थायी रूपमा पार्किङ स्थलबाट सेवा प्रवाह गरिने जानकारी दिइएको छ।
खरानीमाथिबाट उठ्दै जनसेवा
आगलागीले पालिकाका अभिलेख, कागजात र भौतिक संरचना खरानी बनाएको छ। तर, सरसफाइ अभियानले दिएको सन्देश स्पष्ट छ—जनताप्रतिको सेवाभाव खरानीमा परिणत हुँदैन। विपत्तिबाट उठ्दै भाेक्राहा नरसिंह गाउँपालिकाले फेरि आफ्नै खुट्टामा उभिन थालेको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post