सुनसरी — संविधान दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाको भवनमा आज बिहान राष्ट्रिय झण्डा विधिवत् रूपमा फहराइएको छ। २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्षझैं यसपालि पनि गाउँपालिकाले विशेष कार्यक्रमसहित दिवस मनाएको हो।
कार्यक्रम बिहानै गाउँपालिका भवन परिसरमा सुरु भएको थियो। स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणको उपस्थितिमा झण्डा आरोहण गरिएको हो। गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले राष्ट्रिय झण्डा फहराउँदै संविधानले दिएको अधिकार, कर्तव्य र जिम्मेवारीप्रति सबै सचेत रहनुपर्ने बताएका थिए। उनले संविधानलाई राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणको मार्गदर्शकको रूपमा स्वीकार गर्दै जनताले यसलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए।
संविधान दिवसका अवसरमा गाउँपालिकाले कर्मचारीलाई सेवाग्राहीमैत्री भएर काम गर्न आह्वान गरेको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले संविधानले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई संस्थागत गरेको उल्लेख गर्दै यसलाई जीवन्त राख्न स्थानीय तहको भूमिकालाई महत्वपूर्ण ठाने।
कार्यक्रमपछि उपस्थित सर्वसाधारणले राष्ट्रिय गीत गाएर ऐक्यबद्धता प्रकट गरेका थिए। भवनभित्र र बाहिर दुलहीझैं सजाउन नपाएको कारण पालिका अध्यक्ष आजाद भावुक देखिएको थियोे भने झण्डा फहरिँदा उपस्थितले उत्साहका साथ ताली बजाएका थिए। संविधान दिवसले जनतामा अधिकार र जिम्मेवारीप्रतिको चेतना जगाउने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post