इनरुवा – प्रहरी टोलीले विराटनगर–८ क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा पछ्याउँदै जाँदा सो बरामद भएको हो।
प्रहरीका अनुसार, प्रदेश–१–०२–००१ च १६६६ नम्बरको कार चेकजाँच गर्दा १५ वटा पोकामा राखिएको जम्मा ५३८ केजी गाँजा भेटिएको छ। बरामद गाँजा तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हाल कारधनी र चालक भने फरार रहेका छन्। उनीहरूको खोजी तथा नियन्त्रणका लागि प्रहरी तिव्र रूपमा खटिएको मोरङ प्रहरीले जानकारी दिएको छ।
यो घटनाले यस क्षेत्रलाई गाँजा ओसारपसारको मार्गका रूपमा प्रयोग भइरहेको आशंका थप प्रष्ट बनाएको छ। प्रहरीले यसलाई ठूलो सफलता मान्दै आगामी दिनमा यस्ता अवैध गतिविधि रोक्न कडा निगरानी गर्ने प्रतिवद्धता जनाएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post