सुनसरी । सुनसरीको मर्चैया गाउँ हुँदै छपकी गाउँतर्फ जाने सडक अहिले स्थानीयवासीका लागि चिन्ताको विषय बनेको छ। सडक साँघुरो हुनुका साथै वर्षायाममा बग्ने पानीको उचित व्यवस्थापन नभएकाले दुर्घटनाको जोखिम बढेको छ। समयमै मर्मत नहुँदा बाटो अझै साँघुरिँदै गएको स्थानीयवासीको गुनासो छ।
उक्त बाटो दैनिक प्रयोग हुने महत्त्वपूर्ण मार्गमध्ये एक हो। इटहरी, इनरुवा र रामधुनीका विभिन्न निजी विद्यालयका स्कुल बसहरू यही बाटो प्रयोग गर्छन्। त्यसमाथि बाटो किनारमै रहेका चिया पसलहरूले भीडभाड थप्ने गरेका छन्। यस्तो अवस्थामा पैदलयात्रीदेखि सवारी चालकसम्म निरन्तर जोखिममा पर्न बाध्य छन्।
यो बाटो रामधुनी नगरपालिका पूर्व नगरप्रमुखको घर अगाडि हुँदै जाने भएकाले अझ बढी ध्यान दिनुपर्ने अपेक्षा स्थानीयवासीको छ। तर हालसम्म सम्बन्धित निकायले यसप्रति गम्भीर चासो नदेखाएको उनीहरूको आरोप छ।
स्थानीयले बारम्बार सरोकारवालालाई सचेत गराउँदा पनि मर्मत र व्यवस्थापन नहुँदा समस्या जटिल बन्दै गएको छ। विशेषगरी पानी निस्कने उचित निकासको अभावले सडक थप बिग्रँदै गएको छ।
अब सम्बन्धित निकायले समयमा ध्यान नदिए सवारी दुर्घटनाको सम्भावना अझै बढ्ने निश्चित देखिन्छ। त्यसैले तत्काल सडक चौडाइ विस्तार, पानी निकासको व्यवस्था र नियमित मर्मतमा पहल गर्नुपर्ने स्थानीयवासीको जोड छ। यसले मात्र विद्यालयका बालबालिकादेखि सर्वसाधारणसम्म सुरक्षित यात्रा सुनिश्चित गर्न सक्नेछ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...











Discussion about this post