इटहरी — सुनसरीस्थित कोशी व्यारेजमा एक ६२ वर्षीय पुरुषले आइतबार दिउँसो नदीमा हामफालेका छन्। सप्तकोशी पुलको ६ नं. ढोकाबाट हामफालेका व्यक्तिको पहिचान झापा कमल गाउँपालिका–लखनपुर टोल निवासी लैनबहादुर थापा रहेको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार थापाले हामफाल्नु अघि चटपटे खाएका थिए। सोही क्रममा उनले आफ्नो सवारी चालक अनुमति पत्र (लाइसेन्स) चटपटे बेच्ने व्यवसायीलाई हस्तान्तरण गरेर नदीमा हामफालेको बताइएको छ।
घटना थाहा पाएलगत्तै स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट वरिष्ठ प्रहरी नायब निरीक्षक (सप्रनी) बलराम यादवको नेतृत्वमा पाँच जनाको टोली तत्काल घटनास्थल पुगेको थियो। तर निरन्तर खोजी कार्य गर्दा पनि हालसम्म उनी फेला नपरेको प्रहरीले जनाएको छ।
प्रहरीले थप अनुसन्धान सुरु गरेको छ भने स्थानीयले पनि खोजीमा सहयोग गरिरहेका छन्। थापाले किन यस्तो कदम चाले भन्ने कारण भने हालसम्म स्पष्ट हुन सकेको छैन।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post