सुन्सरी । विराटनगर–१२ कामत टोलका राकेश यादवको घरमा दिउँसै ठूलो चोरी भएको छ। आफन्त मरिमराउका लागि बिहानै परिवार बाहिर गएको मौका छोपी चोरहरू घरको पछाडिबाट प्रवेश गरी दराज फोडेर सुन–चाँदीका गहना र नगद चोरी गरेका हुन्।
पीडित यादवका अनुसार चोरीमा झण्डै ८ तोला सुनका विभिन्न गरगहना, करिब आधा किलो चाँदीका गहना र नगद २५ हजार रुपैयाँ हराएको छ। यस्तै अर्को कोठाबाट ८ आना सुनका झुम्का, १ जोडी चाँदीका पाउजु र थप २५ हजार नगद समेत चोरी भएको दाबी गरिएको छ। यसरी चोरी भएको सम्पत्तिको अनुमानित मूल्य १५ लाख रुपैयाँभन्दा बढी छ।
घटना बखरी प्रहरी चौकीभन्दा केही मिटर उत्तरतर्फ कामत चोकमा रहेको यादवको घरमा भएको हो। चोरहरूले हथौडी र पेचकसजस्ता औजार प्रयोग गरी पछाडिको ढोका फोडेर प्रवेश गरेको अनुमान गरिएको छ। बिहान ८ बजे घर छोडेका परिवारका सदस्य राति १० बजे फर्कदा मात्रै चोरी भएको पत्ता लागेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार पछिल्लो समय यस्ता आपराधिक घटनामा तीव्रता आएको छ। उनले कतिपय घटनामा पीडितले प्रहरीलाई खबरै नगरी सामसुम पार्ने प्रवृत्ति देखिएको भन्दै नागरिक सचेत रहन आग्रह गरिन्।
चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै मोरङमा चोरीका ६० घटना दर्ता भएका छन्। सो अवधिमा ७८ जना अभियुक्त पक्राउ परे पनि घटनाको दर नियन्त्रणभन्दा बाहिर गएको प्रहरीको मूल्याङ्कन छ।
यसरी दिउँसै घर फोडेर गहना–नगद चोरी भएको घटनाले विराटनगरमा बढ्दो सुरक्षाजन्य चुनौतीलाई पुनः सतहमा ल्याएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post