सुन्सरी । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लामो मौनवास तोड्दै आइतबार सार्वजनिक भएका छन्। भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा उनी नेता–कार्यकर्ताहरूसँग देखिएका हुन्।
भेटघाटका लागि पुगेका कार्यकर्ताहरूले ओलीसँग तस्बिर खिचेर फर्किए पनि, ओली स्वयंले कुनै प्रतिक्रिया दिएका छैनन्। करिब दुई सातादेखि सार्वजनिक कार्यक्रममा नदेखिएका ओलीलाई भेट्न कार्यकर्ताहरूको भीड लागेको थियो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको चर्को दबाबपछि ओलीले प्रधानमन्त्री पद छाडेका थिए। आन्दोलनका क्रममा देशभर तोडफोड र आगजनी भएका थिए, जसमा ठूलो जनधनको क्षति भएको थियो।
ओलीको राजीनामापछि उनको नेतृत्वको सरकार ढलेर देश अन्तरिम व्यवस्थातर्फ गएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ।
यसबीच, एमालेभित्र भने ओलीको पुनः सक्रियताले नयाँ राजनीतिक सन्देश दिने संकेत देखिएको छ। कार्यकर्ताहरूबीच उनले आगामी निर्वाचनलाई लक्षित गरी संगठनलाई सुदृढ गर्ने तयारी थालेको चर्चा चलेको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post