सुन्सरी — सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ। असोज ५ गते रातिदेखि बेपत्ता भएका उनी आज बिहान आफ्नै गाउँको आधारभूत विद्यालयको गेटमा मृत अवस्थामा फेला परेका हुन्।
स्थानीयवासीले बिहान ६ बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव आधा जलेको अवस्थामा भेटिएको थियो भने शरीरभर कुटपिटका स्पष्ट निशान रहेका प्रहरीले जनाएको छ।
अभिषेक बेपत्ता भएपछि परिवारजनले रातभर खोजतलास गर्दा नभेटेपछि इलाका प्रहरी कार्यालय गोलबजारमा अपहरणको आशंकामा निवेदन दिएका थिए। त्यसपछि असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडी प्रयोग गरी उनकी आमाको मोबाइलमा ५ करोड रुपैयाँ फिरौती माग गर्दै सन्देश पठाइएको थियो। उक्त सन्देशमा रकम अंक र अक्षर दुवै प्रयोग गरी उल्लेख गरिएको थियो।
सात वर्षअघि करेण्ट लागेर निधन भएका उनका पिता सञ्जय सिंहको मृत्युपछि अभिषेक आमा, हजुरबुवा र हजुरआमासँगै बस्दै आएका थिए। परिवारको एक मात्र सन्तान अभिषेकको यो क्रुर हत्यापछि गाउँ शोकमा डुबेको छ।
प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। अपराधमा संलग्न व्यक्तिहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post