सुन्सरी — विराटनगर महानगरपालिका–१७ मटेरुवा नजिक प्रहरीले ठूलो परिमाणमा स्रोत नखुलेको नगद बरामद गरेको छ।
असोज ७ गते दिउँसो करिब १२:४५ बजे प्रहरी सहायक निरीक्षक जागेन्द्र फुयाल र प्रहरी हवल्दार ताज्मुदिन मंसुरीको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा नगद भेटिएको हो।
मोटरसाइकलमा सवार विराटनगर–१८ बस्ने ४१ वर्षीय बिरेन्द्र साहको साथबाट १४ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद रकममध्ये १,००० रुपैयाँका २८४ थान र ५०० रुपैयाँका २,३३२ थान नोट रहेको विवरण सार्वजनिक गरिएको छ।
स्रोत खुल्न नसकेको रकमसहित मोटरसाइकल र साहलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको मोरङ प्रहरीले जानकारी दिएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post