सुनसरी । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मीका सिवा परियार बलात्कारपछि हत्या भएको खुलासा भएको छ।
भदौ ३० गते बेलुकी सहकारी कार्यालयबाट घर फर्किने क्रममा उनीमाथि योजनाबद्ध रुपमा आक्रमण भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार १६ वर्षीय एक किशोरले रेश्मीकालाई पछाडिबाट धकेलेर सडकमुनी झारेपछि जंगलतर्फ घिसार्दै लगेका थिए। करिब डेढ सय मिटर तल लैजाँदा रेश्मीका अचेत भइन्। त्यसपछि अचेत अवस्थामा नै बलात्कार गरी सलले घाँटी कसेर हत्या गरेको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार घटनामा सामूहिक संलग्नताको हल्ला भए पनि अनुसन्धानले एक किशोर मात्रै संलग्न रहेको प्रमाणित गरेको हो। उनलाई पक्राउ गरी मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छ। कानुन बमोजिम १८ वर्ष नपुगेका कारण आरोपीको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।
रेश्मीका दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा काम गर्थिन्। उनी एक छोरीकी आमा पनि थिइन्। स्थानीयवासीले निर्दोष आमाको ज्यान लिने अपराधीलाई कडा कारबाही गर्न माग गरेका छन्।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post