सुनसरी । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट मात्र दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयका अनुसार यस अवधिमा विभिन्न प्रकारका पेट्रोलियम पदार्थको ठूलो मात्रामा आयात भएको छ । कुल १६ हजार ३५२ किलोलिटर पेट्रोल आयात गरिएकामा यसको मूल्य एक अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबर छ । त्यस्तै, नौ हजार ४ किलोलिटर डिजेल आयात हुँदा यसको मूल्य ८४ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी, चार हजार २३३ मेट्रिक टन एलपी ग्यास आयात भई ४० करोड ४९ लाख रुपैयाँ बराबर भएको छ । उड्डयन प्रयोजनका लागि एक हजार ४८८ किलोलिटर एटिएफ (विमान इन्धन) आयात हुँदा १३ करोड २८ लाख रुपैयाँ बराबर भएको र २४८ किलोलिटर मट्टितेल आयात हुँदा दुई करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कार्यालयले जनाएको छ, पेट्रोलियम पदार्थ आयातसँगै नाकाबाट राजस्व संकलन समेत उल्लेख्य मात्रामा बढेको छ । नाकाबाट हुने नियमित आयातले प्रदेश तथा संघीय राजस्व संकलनमा सकारात्मक योगदान पुगेको बताइएको छ ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post