सुनसरी । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा निर्माणाधीन लेदुवा खोलाको पुल सात वर्ष बितिसक्दा पनि अझै अधुरै छ। सम्झौताअनुसार चार वर्षअघि नै काम सम्पन्न हुनुपर्ने भए पनि हालसम्म ५० प्रतिशत मात्रै काम भएको छ।
कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच २०७७ साउन ४ गते पुल निर्माणका लागि सम्झौता भएको थियो। कुल लागत रु १ करोड २१ लाख ८६ हजार ८१३ तोकिएको सो पुल २०७८ साउन ७ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद थियो। तर काम तोकिएको समयमा पूरा हुन सकेन।
धरान–५ का वडा अध्यक्ष मनप्रसाद लिम्बूका अनुसार पुलका दुवै तर्फ पिलर उठाइए पनि अहिले झाडीले ढाकेका छन्। अन्य संरचनात्मक काम अलपत्र अवस्थामा छन्। आवतजावतमा समस्या हुँदा स्थानीयवासी, विशेष गरी विद्यार्थी र बिरामीहरूलाई ठूलो सास्ती भोग्नुपरेको छ।
स्थानीय नरबहादुर मगरका अनुसार विद्यालय जाने बालबालिका बर्खामा खोला तर्नै नसकेर घण्टौं किनारमै रोकिन बाध्य हुन्छन्। बाँसको अस्थायी पुल पनि बाढीले बगाइदिने भएकाले समस्या झनै गम्भीर बनेको छ।
म्याद पटक–पटक बढाइए पनि ठेकेदार कम्पनीले काम अघि बढाएन। गत चैतमा प्रदेश मन्त्री भूपेन्द्र राई स्वयं स्थलगत अनुगमन गरी काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरी धरौटी जफत गर्ने प्रक्रिया अघि बढाएको बताएका थिए। तर कम्पनीले अदालतबाट स्टे–अर्डर लिएपछि काम अड्किएको छ
धरान–५ मा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय भएकाले माथिल्लो कक्षाका विद्यार्थीहरूलाई धरान बजार पुग्न खोलापारि जानुपर्ने बाध्यता छ। मनटार, सुमनटार, मुक्तिलाल, निशान डाँडा र तल्लो निशान डाँडाका विद्यार्थीहरू दैनिक जोखिम मोलेर पढ्न जाने गरेका छन्।
कृषि उत्पादन बजार पुर्याउन कठिनाइ, बिरामीलाई अस्पताल लैजान समस्या र वर्षायाममा बाढीले उत्पन्न गर्ने जोखिमले गाउँलेहरूको दैनिकी नै प्रभावित बनेको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post