सुनसरी— सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित रानी खोलाको किनारमा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बुधबार राति करिब १२ः२० बजे चेकजाँच गर्दा झाडीभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा करिब १० केजी गाँजा फेला पारेको हो। गाँजा बोरामा प्याक गरेर सुरक्षित गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा पठाइएको छ।
प्रहरीका अनुसार गाँजा कसले ल्याएको वा कसको संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post