सुनसरी — विर्तामोड नगरपालिका–७ खालबाडीमा गएराति भएको हात्तीको आक्रमणमा एक पुरुषको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार करिब ३६ वर्षीय अज्ञात पुरुषलाई जङ्गलबाट आएको हात्तीले आक्रमण गरेको हो। तराई मूलको जस्तो देखिने उक्त पुरुषको शव आज बिहान करिब ६ः२० बजे स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टम र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रहरी नियन्त्रणमा लिइएको छ।
स्थानीय बासिन्दाले हात्तीको गतिविधि बढ्दै गएको भन्दै वन क्षेत्र नजिक बसोबास गर्नेहरूलाई सचेत रहन आग्रह गरेका छन्।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post