सुनसरी । विराटनगर महानगरपालिका–८ मधुमारास्थित गोविन्द राजवंशीको घरमा छापा मार्दै जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको टोलीले बिहीवार साँझ करिब ६ः३० बजे गोप्य सूचनाको आधारमा कारबाही गरेको हो। पक्राउ पर्नेहरूमा भक्तपुर, सोलुखुम्बु, भोजपुर र मोरङका विभिन्न ठाउँका व्यक्तिहरू छन्। उनीहरूमा भक्तपुर नगरपालिका–१२ का ३७ वर्षीय अनिलबाबु कुँवर, विराटनगर–८ का ६० वर्षीय पदम भट्टराई, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–१ घर भई विराटनगर बस्ने ४२ वर्षीय छत्रबहादुर बस्नेत, भोजपुर साल्पासिलिछो–१ का शंकर थापा, विराटनगर–८ का गोपाल मण्डल (५०), शंकरप्रसाद ओझा (६०), कपिल खड्का (४२) र मोरङ कटहरी–१ का सन्तोषकुमार भट्टराई (४०) रहेका छन्।
प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेकाको साथबाट ९७ हजार १ सय ६५ रुपैयाँ नगद र पाँच बुङ तास बरामद गरिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार चाडपर्व नजिकिँदै जाँदा जुवातास खेल्ने र खेलाउने गतिविधि बढ्ने भएकाले विशेष निगरानीमा कारबाहीलाई कडाइका साथ अघि बढाइएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post