उदयपुर : उदयपुरगढी गाउँपालिका–७, कमान क्षेत्रबाट प्रहरीले १२ किलो अवैध गाँजासहित दुई महिलालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र ४५ वर्षीया लीलादेवी राम रहेका छन्।
प्रहरी चौकी नेपालटारबाट खटिएको गस्ती टोलीले शनिबार बेलुकी नियमित गस्तीका क्रममा कमान क्षेत्रमा शंकास्पद देखिएका दुई महिलालाई चेकजाँच गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा गाँजा फेला परेको हो।
प्रहरी सूचना अधिकारी केदारमान दोङका अनुसार उदयपुरगढीको पहाडी क्षेत्रमा खरिद गरिएको उक्त गाँजा भारततर्फ पैठारी गर्ने उद्देश्यले सिरहा हुँदै लैजाँदै गर्दा दुवै महिला पक्राउ परेका हुन्।
हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...










Discussion about this post