काठमाडौं । जेनजी युवा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि सरकारले परिचयपत्र वितरण प्रक्रिया प्रारम्भ गरेको छ। गृहमन्त्रालयले जारी गर्ने उक्त परिचयपत्रका आधारमा घाइतेहरूले सहज स्वास्थ्य उपचार पाउने व्यवस्था गरिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार ट्रमा सेन्टर पुगेर प्रत्यक्ष घाइतेहरूमाझ परिचयपत्र वितरण गरी कार्यक्रमको सुरुवात गरेका हुन्। मन्त्रालयले सोमबारदेखि देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र वितरण गर्न परिपत्रसमेत गरेको छ।
यससँगै गृहमन्त्रालयको निर्णयअनुसार विभिन्न अस्पतालमा ‘डेडिकेटेड जेनजी क्लिनिक’ स्थापना गरिएको छ, जसले आन्दोलनका घाइतेहरूलाई प्राथमिकता दिँदै उपचार सेवा उपलब्ध गराउनेछ।
सरकारको यो कदमलाई आन्दोलनका घाइतेहरूले स्वागत गरेका छन् भने स्वास्थ्यकर्मीहरूले यसलाई पीडितलाई राहत दिने महत्वपूर्ण पहलको रूपमा व्याख्या गरेका छन्।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post