काठमाडौं। जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामाको मागसहित आज बिहान टंगालस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरेको थियो। प्रदर्शनमा सहभागी युवामध्ये अमित खनाल ओझाले आयोग प्रमुखले नैतिक जिम्मेवारी स्वरूप तत्काल पद त्याग्नुपर्ने बताएका छन्।
जेनजी आन्दोलनरत युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त गरिएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति खारेज हुनुपर्ने माग निरन्तर उठाउँदै आएका छन्।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post