उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीरबहादुर दनुवार मंगलबार मृत फेला परेका छन्। दनुवार २४ भदौमा झुम्का कारागारबाट भागेका कैदी हुन्।
सुनसरी जिल्ला अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो। उनले २०७७ साल चैत १३ गतेदेखि सजाय भुक्तान गरिरहेका थिए। तर जेनजी आन्दोलनका क्रममा कारागार तोडफोड भएपछि उनी अन्य कैदीहरूसँगै फरार भएका थिए।
प्रहरीका अनुसार मंगलबार दिउँसो दनुवार आफ्नै घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले घटनाको पुष्टि गर्दै मृत्युको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाए।
स्थानीयहरूका अनुसार फरार भएपछि दनुवार घर आएका थिए, तर पछिल्ला दिनमा उनी मानसिक रूपमा तनावमा देखिएका थिए। घटनास्थलमा प्रहरीले आवश्यक मुचुल्का उठाइसकेको छ र शव पोष्टमार्टमका लागि पठाइएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानलाई आत्महत्याको कोणबाट अघि बढाइरहेको भए पनि अन्य सम्भावनाहरू पनि खुला राखिएको जनाएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post