मोरङ । केही दिनदेखि स्थगित रहेका सेवा फेरि सुरु भएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङले असोज २२ गतेदेखि सबै नियमित सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
कार्यालयका अनुसार हाल राष्ट्रिय परिचयपत्र वितरण र राहदानी सेवा बाहेकका सबै काम पुनः सुचारु भएका छन्। जेनजी आन्दोलनका क्रममा कार्यालय भवन र सामग्रीमा क्षति पुगेपछि सेवाहरू प्रभावित भएका थिए।
कार्यालयका प्रवक्ता अनुसार क्षति मर्मत र आवश्यक तयारी पूरा भइसकेपछि सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन कार्यालय पुनः खुलाइएको हो। स्थानीय प्रशासनले भवन मर्मतसँगै आवागमन र अभिलेख प्रणालीलाई पुनः व्यवस्थित गर्दै जनसेवा कार्य अघि बढाएको जनाएको छ।
यसअघि भएको तोडफोडका कारण नागरिकता, अनुज्ञापत्र र स्वीकृति सम्बन्धी काम अस्थायी रूपमा रोकिएको थियो। अहिले ती सबै सेवाहरू क्रमशः नियमित गतिमा फर्किएका छन्। 
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post