विराटनगर । हालैको बाढी र पहिरोले प्रभावित इलाम, झापा, माईजोगमाई, माई नगरपालिका लगायतका क्षेत्रमा कोशी प्रदेश सरकारले राहत वितरणको गति बढाएको छ। प्रदेश सरकारले हेलिकप्टर र ट्रकमार्फत धमाधम राहत सामग्री पठाउँदै पीडित परिवारहरूलाई सहयोग पुर्याइरहेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सरकारसँग उपलब्ध सामग्रीहरू विभिन्न माध्यम प्रयोग गरेर गाउँ–गाउँसम्म पुर्याउने काम भइरहेको छ। उनले भने, “हामी स्रोत–साधनले भ्याएसम्म राहत वितरणलाई निरन्तरता दिइरहेका छौं, ताकि कुनै पनि पीडित परिवार राहतविहीन नहोस्।”
यसैबीच, मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारी संयन्त्रसँग बैठक गर्दै सबै सम्बन्धित निकायलाई राहत, उद्धार र पुनर्निर्माणका काममा तदारुकता देखाउन निर्देशन दिएका छन्। उनले मृतकका परिवारहरूलाई आर्थिक सहयोग पठाउने र आवश्यक अत्यावश्यक सामग्री निरन्तर पठाउने व्यवस्था मिलाउने बताएका छन्।
प्रदेशका मन्त्रीहरू पनि आ–आफ्ना क्षेत्रहरूमा गएर स्थलगत निरीक्षण र पुनर्निर्माणका काममा प्रत्यक्ष संलग्न भएका छन्। बाढीले भत्काएका सडक, पुल र अन्य संरचनाहरू पुनः निर्माणका लागि प्रारम्भिक तयारी सुरु भइसकेको सरकारको भनाइ छ।
मुख्यमन्त्री कार्कीले भने, “राहत र पुनर्निर्माण दुवै हाम्रो प्राथमिकता हुन्। जनताको दुःखलाई कम गर्न प्रदेश सरकार प्रतिबद्ध छ।”
कोशी प्रदेश सरकारले स्थलगत रूपमा फिल्डमा खटिएका टोलीहरूलाई थप संसाधन र जनशक्ति सहयोग गर्ने तयारी पनि गरिरहेको छ। यसले बाढी–पीडित क्षेत्रहरूमा राहत वितरण र पुनर्निर्माण कार्यलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post