मोरङ — जहदा गाउँपालिकाले आफ्ना अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै असोज ३१ गतेदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याइने जनाएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशनकुमार गुप्ताका अनुसार हाल पालिकामा ६६ जना अस्थायी, करार र ज्यालादारी कर्मचारी कार्यरत छन्। जसमा ४४ जना विभिन्न पदका कर्मचारी र २२ जना कार्यालय सहयोगी रहेका छन्।
गुप्ताले बताएअनुसार, यो निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनपत्रअनुसार गरिएको हो। मन्त्रालयले नेपाल सरकार, प्रदेश र स्थानीय तहहरूमा स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी राख्न नपाइने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको थियो। सोही निर्णयअनुरूप जहदा गाउँपालिकाले सबै अस्थायी र करार सम्झौता खारेज गरेको हो।
यस निर्णयपछि पालिकाका विभिन्न शाखाहरूमा कर्मचारी अभाव हुने सम्भावना रहे पनि कानुनी निर्देश पालना गर्नुपर्ने बाध्यता रहेको पालिकाले जनाएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post