मोरङ — मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार साँझ एक महिलाले ३२ वर्षीय पुरुषको गोप्य अंगमा धारिलो हतियार प्रहार गर्दा ती पुरुष गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार जहदा गाउँपालिका–३ निवासी कामत थरका पुरुष महिलालाई भेट्न आदर्श टोल पुगेका थिए। त्यही क्रममा विवाद भएपछि महिलाले ती पुरुषको लिङ्गमा दाउ प्रहार गरेकी हुन्। गम्भीर घाइते कामतलाई सुरुमा विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नोबेल शिक्षण अस्पतालमा रेफर गरिएको ह
नोबेल अस्पतालका चिकित्सकका अनुसार घाइतेको गोप्य अंगमा गहिरो चोट लागेको छ । उनको अहिले आईसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ
घटनापछि ती महिला पनि बेहोस भएकी थिइन् । उनलाई पनि तत्काल कोशी अस्पताल लगिएको थियो । उपचारपछि होस फर्किएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुडालले बता
प्रहरी स्रोतका अनुसार उक्त घटना विवाहेतर सम्बन्धका कारण भएको देखिन्छ । प्रारम्भिक अनुसन्धानमा महिला र पुरुषबीच लामो समयदेखि सम्बन्ध रहेको, तर पछिल्ला दिनमा विवाद बढ्दै गएको खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post