सुनसरी । विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको साइ राम यातायातको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान धनकुटा नगरपालिका–३ स्थित निगालेमा प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको बस अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा महालक्ष्मी नगरपालिका–७ की गंगा कार्की र महालक्ष्मी–९ का डिल्ली बरालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिए ।
दुर्घटनामा परेर ६ जना यात्रु घाइते भएका छन् । घाइतेहरूमा धनकुटा नगरपालिका–४ की ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, मोरङको केराबारी गाउँपालिका–९ की ६० वर्षीया देवी न्यौपाने, धनकुटाको महालक्ष्मी–९ की ७५ वर्षीया तारादेवी काफ्ले, महालक्ष्मी–८ की १७ वर्षीया खुसी लुङ्गेली, मोरङको गछिया–७ की ८ वर्षीया अंकिता खड्का र महालक्ष्मी–७ की सृजना जिमी रहेका छन् । 
प्रहरीका अनुसार घाइतेहरूको उपचार धनकुटा जिल्ला अस्पतालमा भइरहेको छ भने घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post