इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ शर्मा टोलमा एक नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा भेटिएको छ।
स्थानीय विजय कुमार खत्वेले शनिबार राति करिब ९ बजे आफ्नो घर नजिकै ऐलानी जग्गाको कम्पाउण्डवाल वरिपरि बच्चा रोएको आवाज सुनेपछि हेर्न जाँदा प्लास्टिकको झोलामा बेरेको नवजात छोरा शिशु फेला पारेका हुन्।
उनीहरूले तुरुन्तै इलाका प्रहरी कार्यालय भण्टाबारीलाई जानकारी गराएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीको नेतृत्वमा पुगेको टोलीले स्थानीयको सहयोगमा शिशुलाई उद्धार गरी कोशी हेल्थ केयर भण्टाबारीमा प्रारम्भिक उपचारका लागि पुर्याएको थियो।
अस्पतालका चिकित्सकका अनुसार उक्त शिशु भर्खरै जन्मिएको देखिन्छ र उद्धारको समयमा उनको अवस्था सामान्य रहेको थियो। पछि राति करिब १२ः१५ बजे थप उपचारका लागि उनलाई जिल्ला अस्पताल इनरुवा स्थानान्तरण गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
हाल शिशुको अवस्था स्थिर रहेको र उनको उपचार भइरहेको जिल्ला अस्पताल इनरुवाले जनाएको छ। यता, प्रहरीले शिशुलाई फाल्ने व्यक्तिको खोजी कार्य तीव्र पारेको जनाएको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post