इनरुवा । सुनसरीकाे कोशी गाउँपालिका–८ भण्टाबारीस्थित चारकुने चेकपोइन्टबाट सशस्त्र प्रहरीले लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीबाट सप्रसनि रुद्रप्रसाद बजगाईँको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई व्यक्तिलाई शंका लागेपछि जाँच गर्दा लागुऔषध फेला पारेको हो।
पक्राउ पर्नेमा जिल्ला सप्तरी, राजविराज नगरपालिका–६ बस्ने १९ वर्षीय मोहम्मद खुर्शिद र भारत, बिहार राज्यको सुपौल जिल्ला, भिमनगर ग्राम पंचायत–११ बस्ने २० वर्षीय नबी हुसेन रहेका छन्।
प्रहरीका अनुसार खुर्शिदको शरीरमा कालो प्लास्टिकले पोको पारेर लुकाइएको अवस्थामा ५३० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको थियो। हुसेन समेत साथमा रहेका कारण दुवै जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय भण्टाबारीमा बुझाइएको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीले जानकारी दिएको छ।










Discussion about this post