सुनसरी । आस्थाको महापर्व छठको अवसरमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले आज विभिन्न छठघाटहरूमा पुगेर भक्तजनसँग भेटघाट गर्दै शुभकामना आदान–प्रदान गर्नुभएको छ।
पवित्रता, अनुशासन र निष्ठासहित मनाइने छठ पर्वको तेस्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिइने परम्परा अनुरूप भक्तजनहरू छठघाटमा भीडभाड देखिन्थ्यो। यसै क्रममा अध्यक्ष आजाद छठघाट पुगेका थिए।
अध्यक्ष आजादले छठ पर्वले समाजमा शान्ति, समृद्धि, आपसी सद्भाव र भाईचारा प्रवर्द्धन गर्ने उल्लेख गर्दै,
“यो पर्वले सबैमा सकारात्मक सोच, एकता र धार्मिक चेतना बढाउने विश्वास छ। सबैको घर–परिवारमा सुख, शान्ति र स्वास्थ्यको वास होस्,”
भनेर शुभकामना व्यक्त गर्नुभयो।
उहाँले आज मात्रै नभई लगातार दोस्रो नहर छठघाट तथा अन्य वडाहरूमा निर्माण गरिएको छठघाटहरूमा समेत पुगेर जनताको भावना बुझ्दै शुभकामना आदान–प्रदान गर्नुभएको थियो।
आजको दिन भक्तजनहरूले केरा, उखु, नारिवल, ठकुवा, भुसुवा, धौरीसहितका कृषिजन्य सामग्री तथा पारम्परिक पकवानहरू बाँसका सुपामा सजाएर छठी माईलाई अर्पण गरेका थिए।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएको साथमा छठ पर्व सम्पन्न गरिनेछ।
छठ पर्व सूर्य देव र छठी माईको आराधनामा आधारित आस्था, अनुशासन र पवित्रताको उत्सव हो। व्रतालुहरू चार दिनसम्म उपवास, स्नान, शुद्धता र धैर्यसहित पूजा–अर्चना गर्छन्।










Discussion about this post