सुनसरी । सरकारले वितरण गर्न बाँकी राखेको करिब ७७ करोड रुपैयाँको उखु अनुदान नपाएपछि किसानहरू पुनः आन्दोलनमा उत्रिने तयारीमा छन्।
उखु उत्पादन महासंघ नेपालका अध्यक्ष श्यामबाबु रायका अनुसार किसानहरूले गत आर्थिक वर्षमा २ करोड १६ लाख क्विन्टल उखु बिक्री गरेका थिए। विगतमा प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिइँदै आएकोमा सरकारले गत वर्षदेखि ३५ रुपैयाँ मात्र कायम गरेको थियो। तर घटाइएको दरअनुसारको रकमसमेत अहिलेसम्म किसानले पाएका छैनन्।
रायले भने, “छठपछि बाँकी अनुदान दिने भनेर सरकारले आश्वासन दिएको थियो, तर अझै रकम पाएका छैनौं। भुक्तानी नभए आन्दोलन गर्छौं।” उनका अनुसार किसानहरूले मन्त्रालयमा पटक–पटक ताकेता गरे पनि कुनै सुनुवाइ भएको छैन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले कार्यदलले प्रतिवेदन बुझाइसकेको जनाउँदै भने, “छलफलपछि मात्रै बाँकी रकम वितरण हुने छ।”
गत भदौमा काठमाडौंमा आन्दोलन गरेका किसानले सरकारले “छठपछि भुक्तानी दिने” सहमति गरेपछि आन्दोलन स्थगन गरेका थिए। तर सहमति पालना नभएपछि किसानहरू फेरि सडकमा उत्रिने तयारीमा छन्।
आर्थिक सर्वेक्षणका अनुसार, २०७७/७८ मा ६४ हजार हेक्टरमा गरिएको उखु खेती २०८१/८२ मा घटेर ५७ हजार हेक्टरमा सीमित भएको छ। अनुदान अस्थिरता र मूल्य अनिश्चितताले किसानहरू तरकारी, गहुँ र मकै जस्ता बालीतर्फ आकर्षित हुन थालेका छन्।
किसानहरूको आरोप छ — “सरकार र उद्योगीबीचको गठजोडले किसानको पसिना नोक्सान हुँदै आएको छ। यदि छठपछि पनि भुक्तानी भएन भने, आन्दोलन फेरि काठमाडौंमै हुनेछ।”
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post