विराटनगर । गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका योगेन्द्र मण्डलले नयाँ राजनीतिक दल ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ दर्ता गर्ने तयारी गरेका छन्। उनले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन लक्षित गर्दै पार्टी दर्ता प्रक्रिया अघि बढाइरहेका छन्।
मण्डलका अनुसार आवश्यक कागजात तयारी भइसकेको र मंगलबार (आज) नै निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन बुझाउने योजना बनाइएको छ। नयाँ दलको चुनाव चिन्ह ‘कल’ (Banana) प्रस्ताव गरिएको छ भने पार्टीका संयोजक तथा प्रमुख स्वयं मण्डल रहनेछन्।
उनले देशभरका ख्यातीप्राप्त र सक्रिय व्यक्तिहरूलाई समेट्दै नयाँ राजनीतिक विकल्पको रूपमा पार्टीलाई अगाडि लैजाने उद्देश्य रहेको बताए। मण्डलका अनुसार अहिलेको राजनीतिक परिदृश्यमा नयाँ सोच, ऊर्जाशील कार्यशैली र युवा नेतृत्वको आवश्यकता महसुस भएकाले “ऊर्जाशील पार्टी” गठन गरिएको हो।
उनले भने, “पुरानो राजनीतिक प्रणालीले जनताको भरोसा गुमाएको छ, अब हामी सकारात्मक सोच र कार्यशैलीसहित नयाँ बाटो समाउनेछौँ।”
राष्ट्रिय ऊर्जाशील पार्टीले आगामी निर्वाचनमा प्रत्यक्ष सहभागिता जनाउने र संगठन विस्तार अभियान देशभर सुरु गर्ने तयारी गरेको मण्डलको भनाइ छ।
योगेन्द्र मण्डलद्वारा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ दर्ता गर्ने तयारी
विराटनगर ।
गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका योगेन्द्र मण्डलले नयाँ राजनीतिक दल ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ दर्ता गर्ने तयारी गरेका छन्। उनले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन लक्षित गर्दै पार्टी दर्ता प्रक्रिया अघि बढाइरहेका छन्।
मण्डलका अनुसार आवश्यक कागजात तयारी भइसकेको र मंगलबार (आज) नै निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन बुझाउने योजना बनाइएको छ। नयाँ दलको चुनाव चिन्ह ‘कल’ (Banana) प्रस्ताव गरिएको छ भने पार्टीका संयोजक तथा प्रमुख स्वयं मण्डल रहनेछन्।
उनले देशभरका ख्यातीप्राप्त र सक्रिय व्यक्तिहरूलाई समेट्दै नयाँ राजनीतिक विकल्पको रूपमा पार्टीलाई अगाडि लैजाने उद्देश्य रहेको बताए। मण्डलका अनुसार अहिलेको राजनीतिक परिदृश्यमा नयाँ सोच, ऊर्जाशील कार्यशैली र युवा नेतृत्वको आवश्यकता महसुस भएकाले “ऊर्जाशील पार्टी” गठन गरिएको हो।
उनले भने, “पुरानो राजनीतिक प्रणालीले जनताको भरोसा गुमाएको छ, अब हामी सकारात्मक सोच र कार्यशैलीसहित नयाँ बाटो समाउनेछौँ।”
राष्ट्रिय ऊर्जाशील पार्टीले आगामी निर्वाचनमा प्रत्यक्ष सहभागिता जनाउने र संगठन विस्तार अभियान देशभर सुरु गर्ने तयारी गरेको मण्डलको भनाइ छ।

Discussion about this post