काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता नियुक्त गरिएको छ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कार्य तथा कारबाहीलाई यथार्थ र तथ्यगत रूपमा सञ्चारमाध्यमहरूमा सम्प्रेषण गर्नका लागि उनलाई केन्द्रीय प्रवक्ता तोकिएको प्रहरीले जनाएको छ।
मंगलबार जारी सूचना अनुसार प्रहरी नायव महानिरीक्षक काफ्लेले अबदेखि नेपाल प्रहरीको तर्फबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा संस्थाको आधिकारिक धारणा अभिव्यक्त गर्ने जिम्मेवारी सम्हाल्नेछन्।
सुनसरी जिल्लाका स्थायी बासिन्दा काफ्ले, लामो समयदेखि प्रहरी सेवामा रहेर देशभरका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अनुभवी अधिकृत हुन्। उनले यसअघि पनि संगठनभित्र महत्त्वपूर्ण प्रशासनिक तथा सञ्चालन तहका पदमा कार्यानुभव हासिल गरिसकेका छन्।










Discussion about this post