सुनसरी । सोमबारेस्थित पक्की भवनमा सोमबार साँझ मृत फेला परेका व्यक्ति इनरुवा नगरपालिका–१ निवासी विनोद साह भएको प्रहरीले पुष्टि गरेको छ। साहको उमेर करिब ४५ देखि ५० वर्षको बीचमा रहेको बताइएको छ।
प्रहरीका अनुसार उनी लामो समयदेखि मद्यपान गर्ने बानी भएका व्यक्ति हुन्। घटनास्थलमा कुनै हिँसात्मक संकेत नदेखिएकोले मृत्युको कारण हाल स्पष्ट नभएको जनाइएको छ। शवलाई पोस्टमार्टमका लागि इनरुवा अस्पताल लगिएको र विस्तृत विवरण चिकित्सकको प्रतिवेदनपछि मात्र पुष्टि हुने सुनसरी प्रहरीले जनाएको छ।
स्थानीयवासीका भनाइअनुसार साह प्रायः मादक पदार्थ सेवन गरी वरपरको क्षेत्रमा आवतजावत गर्दै आएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post