विराटनगर । भारतको बिहारमा हुने आगामी विधानसभा निर्वाचनलाई लक्षित गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अररिया आउने तयारीसँगै नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
बिहारको अररिया जिल्लामा बिहीबार मोदीले आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपछि मोरङ र सुनसरी जिल्लाका सीमाक्षेत्रमा नेपाल र भारत दुवै पक्षका सुरक्षा निकाय सतर्क बनेका हुन्।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रानीका प्रहरी नायव उपरीक्षक विकास खतिवडाका अनुसार भारतीय पक्षले प्रधानमन्त्रीको भ्रमणका कारण सीमा क्षेत्रमा आवागमनमा कडाई गर्दै निगरानी बढाएको छ। “यसअघि पनि केही नियन्त्रण रहेकोमा प्रधानमन्त्रीको सभालाई लक्षित गरेर अझ कडाई गरिएको छ,” खतिवडाले बताए।
बिहारमा नोभेम्बर ११ तारिखका लागि निर्वाचन तोकिएको छ भने त्यसअघि नोभेम्बर ८ देखि सीमा नाकाहरू सिल गरिने तयारी गरिएको छ। बिहारका १८ जिल्लामा बिहीबार नै पहिलो चरणको मतदान हुँदैछ।
मोरङ र सुनसरीसँग सीमा जोडिएका भारतीय क्षेत्रहरूमा पनि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। भारतीय पक्षको अनुरोधमा नेपाली प्रहरी र सशस्त्र प्रहरीले समेत सीमामा चेकजाँच र निगरानी तिब्र पारेका छन्।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post