काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदहरूमा करार सेवाका कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको छ।
महानगरले एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले १५ दिनभित्र आवेदन पेश गर्न सक्ने जनाएको छ। बागमती प्रदेश सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ तथा काठमाडौं महानगर सेवा करारमा कर्मचारी पदपूर्ति कार्यविधि, २०७९ अनुसार आवेदन माग गरिएको हो।
सूचना अनुसार नगर प्रहरीले कार्यरत नगर प्रहरी जवान (अग्नि नियन्त्रक), हलुका सवारी चालक र कार्यालय सहयोगी पदका लागि कुल ४४ जना कर्मचारी आवश्यक रहेका छन् l
महानगरले योग्य र इच्छुक उम्मेदवारहरलाई तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ। आवेदन प्रक्रिया, मापदण्ड र दरखास्त फाराम सम्बन्धी विवरण महानगरपालिकाको वेबसाइट तथा सूचना पाटीमा हेर्न सकिने बताइएको छ।
भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति
इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वर्तमान अर्थमन्त्री बीच आज भएको विशेष भेटघाट सकारात्मक र...










Discussion about this post