मोरङ — मोरङको जहदा गाउँपालिका–३ बाट लागूऔषध गाँजा ओसारपोसारमा संलग्न एम्बुलेन्ससहित दुई जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी चेकजाँचका क्रममा स १ च ६५६ नम्बरको एम्बुलेन्सभित्र कालो झोलामा लुकाइएको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा फेला पारेको हो।
गाँजा बरामद भएपछि प्रहरीले एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र साथमा को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चलाइरहेका जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post